A digital magazine dedicated to children & youths.

कोठीकी चेलीको बियोग : प्रकाश

1.7K

कोठीकी चेलीको बियोग : प्रकाश

सुन्दर शान्त गाउमा बस्ने गर्थे म पहिला।
अहिले भएकी छु म कोठी बस्ने महिला।।
ल्याए मलाई पापीहरुले जागिर दिने आशामा।
बुढि आमालाई छोडी आए दुइ मुठी सासमा।।

मान्छे हेर्दा राम्रो तर पापी रहेछ मन।
महिलाको ईज्जत भन्दा ठूलो होईन धन।।
कस्तो खराब मानिस कहाँ होला त्यो।
बिश्वाशघाती एकदिन पक्कै रोला त्यो।।

तर पनि केहि छैन अझैँ छ ममा आशा।
लड्ने छु न्यायको लागि हुदा सम्म सास।।
ईज्जतको लागि लड्छु, दिन्छु दोषीलाई सजाय।
हुने छ जीत न्यायको पापीको हुनेछ पराजय।।

प्रकाश
prakashpunk55@hotmail.com