A digital magazine dedicated to children & youths.

अन्धो संसार: सन्दीप सिम्खडा

549

अन्धो  संसार: सन्दीप सिम्खडा

बसिरहेछु एउटा कुनामा,

न दिन छ, न रात।

एक्लो मान्छे एक्लो जीवन,

छैन कसैको साथ।

 

भंगेराहरुले एक अर्कोलाई छोडेर गएपछि।

शिशिर ऋतुले गुलाबलाई छोएपछि।

सारा गुलाबहरु झरेर जाँदा,

मैले हाँसेर के गर्नु?

सारा सुगन्धले नै धर्ति छाडेर गएपछि,

अनि मेरो प्यारी धर्ति माता रोएपछि,

केबल म त रोएको आवाज सुन्छु।

अन्धो मान्छे अन्धो संसार।

 

ताराहरूले आकाश छोडेर जाँदा,

रातभर ब्रहमाण्डमा चन्द्रमा एक्लो हुँदा,

सूर्य बिनाको अन्धकारले धर्तिलाई छुँदा,

म हाँसेर के गर्नु?

साथ छैन कसैको मेरी धर्ति माता रुँदा

म त रोएको आवाज सुन्छु।

अन्धो मान्छे अन्धै संसार।

 

सन्दीप सिम्खडा,

कक्षा ९,

ज्ञान कुञ्ज विध्यालय, काठमाडौँ