आसुँ नआउँदै
तस्वीर आउँछ
आसुँ पलाउँदा
सम्झना झाँगिन्छ
क्षितिज धमिलिन्छ ।
आसुँ झर्दा
काखमा खस्छ
बालक चल्मलाउँछ ।
आसुँ पुछ्दा
चुरा बज्छ
आँखामा खरानी पस्छ ।
आसुँ सुक्दा
उज्यालो हुन्छ
दैलो उघ्रिन्छ ।
यसरी आसुँ बाहिरिये त ठिकै छ
भित्रै रह्यो भने
के के हुन्छ?, के के हुन्छ?
आसुँ सम्हाल्ने त
मन हुन्छ
नसके रुमाल हुन्छ ।
भन ए परदेशि
तिमीले पसिना पुछ्ने रुमाल
मेरो सपनाको फूल हुन्छ ?
अमिसा सुबेदी
माउन्ट भ्यू ईंग्लिश बोर्डिङ स्कुल
बाल्कोट, भक्तपुर