A digital magazine dedicated to children & youths.

१ मिनेट पढाइ प्रतियोगिता

1.7K

१ मिनेट पढाइ प्रतियोगिता

(समय थप गरिएको बारेमा: सहभागीको माग र प्राबिधिक समस्याका कारण भिडियो बुझाउने समय फागुन २ आइतबारसम्म सारिएको छ। धन्यवाद!)

शुद्द र बुझेर पढ्न जति आवश्यक छ, त्यति नै छिटो र सरसर्ती पढ्न पनि आवश्यक छ । भनिन्छ छिटो र सरसर्ती पढ्न सक्ने बालबालिकाको बुझाइ पनि राम्रो हुन्छ । यही तथ्यलाई आत्मसाथ गरी मेरो क्रियशन डिजिटल म्यागजिनले पुस्तक उपहार दिवस (फेब्रुवरी १४) २०२१ को अवसरमा कक्षा ४ र ५ का बालबालिकालाई लक्षित गरी ‘१ मिनेट नेपाली पठन प्रतियोगिता’ आयोजना गरेको हो । अंग्रेजी मोहका कारण हेय परेको नेपाली भाषाप्रति बालबालिकाको आकर्षण बढाउन र पढ्ने बानी विकासमा  प्रोत्साहन गर्न पुस्तक उपहार दिवसको दिन पारेर यो प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिता १ मिनेटमा सर्वाधिक धेरै शुद्द शब्द पढ्ने बालबालिकालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता नियमहरू

१) यो प्रतियोगितामा कक्षा ४ र ५ मा अध्ययनरत बालबालिकाहरू मात्रै सहभागी हुन पाउनेछन् ।

२) सबै सहभागीले आयोजकले उपलब्ध गराएकै पाठ्यसामाग्री पढ्नु पर्नेछ, आफु खुशी छानेर पढेको सामाग्रीलाई मान्यता  दिइने छैन। (उक्त सामाग्रीको लिकं पुछारमा दिइएको छ )

३) प्रतियोगिताका लागि उपलब्ध गराइएको पाठ्यसामाग्री प्रिन्ट गरेर वा कम्प्युटर स्क्रिनमै पनि पढ्न सकिनेछ ।

४) सहभागीले पढेको जम्मा एक मिनेट (६० सेकेण्ड) को भिडियो पठाउनुपर्नेछ र भिडियोको लागि मोबाइलको  प्रयोग गर्न सकिनेछ ।

५) भिडियो उज्यालो र शान्त कोठामा बालबालिकाको अनुहार र पाठ्यसामाग्री देखिने गरी  खिच्नु पर्नेछ ।

५) पढ्ने क्रममा सहभागीलाई कसैले सिकाएको पाइएमा, उहाँको सहभागिता स्वतः रद्द हुनेछ ।

६) प्रतियोगिताका लागि पठाउनु पर्ने सामग्रीहरू:

  • पढेको १ मिनेटको भिडियो 

  • विद्यार्थी परिचय पत्रको फोटो खिचेर पठाउने (विद्यार्थी परिचय पत्र विनाको तपाईंको सामाग्री प्रतियोगितामा समावेश गरिने छैन) 

  • सम्पर्क फोन नम्बर (अनिवार्य)

७) प्राप्त भिडियोहरू मध्येबाट एक मिनेटमा धेरै शब्द शुद्द पढ्ने उत्कृष्ट पाँच बालबालिकालाई फाइन राउण्डमा लागिनेछ र फाइनल राउण्डको पढाइ परिक्षण पश्चात् विजेता घोषणा गरिनेछ ।

पढ्दा ध्यान दिनुपर्ने कुराहरू

१) पाठ्यसमाग्री पढ्दा पाठमा भएका विराम चिन्हहरू जस्तै पूर्णविराम, अल्पविराम, प्रश्नवाचक चिन्ह आदिको पनि उचित प्रयोग गर्नु पर्नेछ ।

२) छिटो पढ्ने नाममा पूर्णविराम, अल्पविराम जस्ता विराम चिन्हमा पनि नरोकिइकन सुन्नेले पनि नबुझ्ने गरी पढेमा त्यस्ता सामग्रीलाई प्रतियोगिता समावेश गरिने छैन ।

३) पढ्ने क्रममा कुनै शब्द अशुद्द पढे पनि तुरुन्तै सच्याएर पढेमा त्यसलाई शुद्ध मानिनेछ । तर पढ्न छुटाएको शब्दलाई भने अशुद्द मानिनेछ ।

नोटः यो प्रतियोगितामा बालबालिकालाई भाग लिन प्रोत्साहन गर्ने देखि भिडियो खिचेर पठाउने सबै प्राविधिक पाटोहरूमा अभिभावक तथा शिक्षकको सहयोग चाहिने हुनाले सोही अनुसार सघाइदिनु हुन विनम्र अनुरोध छ ।

प्रतियोगिताको लागि उपलब्ध गराइएको पाठ्यसामाग्रीका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतियोगिताका लागि पठाउनुपर्ने सामग्री मिति २०७७ फागुन २ गते सम्म पठाइ सक्नु पर्नेछ । पठाउने इमेल ठेगाना हो : merocreationonline@gmail.com इमेलको अलावा मेरो क्रियशनको मेसेन्जरबाट पनि पठाउन सकिन्छ, त्यसको लागि हाम्रो फेसबुक पेज यहाँ छ