A digital magazine dedicated to children & youths.

धुर्त स्याल

793

धुर्त स्याल

(१ मिनेट पढाइ प्रतियोगिताको प्रश्नपत्र)

एकदिन जङ्गलमा एउटा स्याल इनारमा खस्यो । इनारमा खसेको स्याल बाहिर आउन धेरै कोसिस गर्यो तर सकेन । बाहिर आउने कोसिस गर्दागर्दै ऊ थाक्यो । ऊ शिथिल हुँदै गयो ।

त्यही जंगलमा एउटा बाख्रो चरिरहेको थियो । तिर्खा लागेको हुनाले ऊ इनारको डिलमा गयो । इनारभित्र उसले धुर्त स्याल देख्यो । बाख्रो छक्क पर्यो र चनाखो हुँदै स्याललाई सोध्यो, “मित्र यति गहिरो इनार भित्र तिमी के गर्दैछौ ?”

बाख्रोलाई देखेर स्याल होसियार भयो । उसको मनमा अब बाँचिन्छ कि भन्ने आशा पलायो । उसले पानी पिउँदै भन्यो “मित्र यहाँको पानी ज्यादै मिठो छ । तिमीलाई पनि तिर्खा लागेको छ भने आऊ, मिठो पानी खान ।”

सोझो बाख्रोले स्यालको कुरा पत्यायो । उसले यताउता केही सोच्दै नसोची इनारमा हाम फाल्यो ।

त्यहि मौका छोपेर धूर्त स्याल बाख्राको टाउकोमा टेकेर फुत्त बाहिर निस्कियो ।

उसले इनार माथिबाट हेर्दै बाख्रोलाई भन्यो, “मूर्ख, हाम फाल्नु पहिले मैले किन त्यति मिठो कुरा गरिरहेछु भन्ने कुरा विचार गर्नु पर्दैन ? तैंले सोच्दै नसोची इनारमा हाम फालिस् । म त बाठो थिएँ र तेरो टाउकोमा टेकी बाहिर आएँ । तँ सोझो बाख्रो अब कसको टाउकोमा टेकेर बाहिर आउछस् ?”

जम्मा शब्द: १६३

साभार: निति कथा