फूलबारीभरि छत्तिस थरी फूल है फुलेको ।
यो देश मेरो वन र पाखा डाँफे है नाचेको ।
नदी र नाला कलकल बगेको साह्रै नै राम्रो ।
सन्तान प्यारा नेपालका आमाका ।
साट्नै परे गुलाफ होइन मन साट्नुपर्छ ।
काट्नै परे कुरा होइन अहम् काट्नुपर्छ ।
सत्य सत्य बोल्यो भने मेरी उनी रिसाउँछिन् ।
उनकै माया पाउन सधैँ उनलाई ढाँटनुपर्छ ।
आफ्नो मान्छे आफूसँगै बचाएर राख्नलाई ।
थाहा छ तिम्रै माया पाउनलाई सधैँ ढाँटनुपर्छ ।
शिक्षा नेपाल
ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वर काठमाडौं
कक्षा ३, सेक्सन ‘जी वान‘