
नमस्कार, मेराे नाम जीवन कार्की। म लामाे समयदेखि नेपाली अनुवाद, बालसाहित्य लेखन तथा नेपाली भाषा शिक्षणका पुस्तक लेख्दै आइरहेको छु। मैले विद्यालय, विश्व विद्यालय तथा संघ संस्थामा विगत १६ वर्षभन्दा शिक्षण, शिक्षक प्रशिक्षण, लेखन तथा अनुसन्धान मार्फत् योगदान दिँदै आइरहेकोछु। हाल म Michigan State University, मिसिगनमा Curriculum, Instruction and Teacher Education मा PhD गर्दै छु भने Undergraduate लेभलकाे Teacher Education कोर्षहरू पनि पढाउँछु।
रुम टु रिड नेपालको साक्षरता कार्यक्रमको काेर (core) टिममा रहेर ५ वर्षको सेवामा मैले नेपाली भाषाकाे पढाइ लेखाइ सीप र पढ्ने बानी विकासमा याेगदान गरे। हामीले याे कार्यक्रम मार्फत् ६ महिनामै बालबालिकालाई सानाेतिनाे किताब सरसर्ती पढ्न तथा लेख्न सक्ने बनाउन सक्याैं। जसका लागि हामीले पढाउने क्रम, विधि, शैलीमा परिवर्तन ल्याउनुकाे साथसाथै डिकाेडेवल सामग्री र बालपुस्तक तथा साहित्यकाे पनि प्रयाेग गर्याै।
अहिले म अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका बालबालिकालाई नेपाली भाषा सिकाउनुकाे साथै आफ्नो संस्कृति र परम्परासँग परिचित गराउने याेजनामा छु। अभिभावकले आफ्नो भाषा तथा संस्कृति नयाँ पुस्तालाई सिकाउन गर्नुभएको पहलमा हातेमालो गर्न पाउनु मेरो लागि खुशीकाे कुरा हो। अनुसन्धानले पनि द्वैभाषिक तथा बहुभाषिक बालबालिकाकाे कालन्तरमा राम्रो प्रगति गर्न सक्ने देखाएकाे छ। त्यसैले तपाई हामीले गरेको यो पहल अर्थपूर्ण छ।
बालबालिका मात्रै नभएर वयष्क तथा पेशाकर्मीलाई उहाँहरूकाे आवश्यकता बमाेजिम पढाइ, लेखाइ तथा बोलाइ सिप विकासका आधारभूत, मध्यम तथा माथिल्ला तहका कक्षा उपलब्ध हुनेछन्।
Email: jeevan.carkey@gmail.com
Phone: 206-229-6351 (Please leave a text before calling)




