यो देशमा जताततै घुसखोरीको राज छ।
देश बनाउने नेताज्यूको दरबारमा बास छ।।
देश बनाउने नेताज्यूलाई साह्रै नै मोज छ।
साँझपख जांडरक्सी र सेकुवाको भोज छ।।
रोजगारी दिउला भने डलर पनि खा’को।
गरीबको रगतमा पौडिन पा’को ।।
बिर्स्यौ क्यारे हाम्रो भोटले यहाँसम्म आ’को।
तिम्रो कर्तुत खोल्ने पालो अब हाम्रो आ’को ।।
यो देशमा जताततै घुसखोरीको राज छ ।
देश बनाउने नेताज्यूको दरबारमा बास छ।।
देश बनाउने नेताज्यूलाई साह्रै नै मोज छ।
साँझपख जांडरक्सी र सेकुवाको भोज छ।।
प्रकाश