A digital magazine for children and youths to explore their creativity, and publish globally.

विदेशबाट सकिन फिर्न: सदिक्षा ठकुरी

403

विदेशबाट सकिन फिर्न: सदिक्षा ठकुरी

आँखाको आँसु पुछ्न त खोजेँ सकिन पुछ्नलाई।
आउन पनि सक्दिन आमा तिमीलाई ढोक्नलाई।।
दिनभरि गर्छु घाममा काम पसिना चरचरी ।
सबैको याद आइरहन्छ आँखामा झल्झली ।।

दशैंको टिका लाउन नि पाइन तिम्रो त्यो हातबाट ।
सुन्न नि पाइन सदिक्षा नाम तिम्रो त्यो मुखबाट ।।
न्यानो त्यो अँगालोमा बाँधी कहानी सुनाउन।
फर्कन प्रयास गरेनी आमा सकिन आउन ।।

हे मेरी दिदी के भनुँ तिम्लाई के थियो सपना ।
विदेश आए हे मेरा भाइ के भयो विपना ।।
पिडित गाउछन् त्यो पारी ठाउँमा विरह पोखेर ।
दशैं र तिहार बित्छन् होला मखमली सुकेर ।।

सकिन बाबा गहको निशान धोएर मेट्नलाई ।
हुन्छु कि हुन्न हे मेरी बैनी तिमीलाई भेट्नलाई ।।
हे मेरा काका हे मेरी काकी नरोई बस्नु है।
कोशिस गर्छु फर्केर आउने सेठलाई फकाई ।।

सकिन भने फर्केर आउन त्यो बाटो नहेर्नु ।
म आइन भने मेरो त्यो फोटो कहिल्यै नि नफेर्नु ।।
सपना बोकी आएकी थिएँ उडेर आकाशमा।
आउने पो हो कि फर्केर घर काठको बाकासमा ।।

हे मेरा प्यारा अँगाली राख्नु मेरो त्यो यादलाई ।
छोडेछु यदि संसार भने गाडिदेउ नजलाई।।
हे भाईबहिनी भाग्य यो मेरो जलेको देखेर ।
पठाएँ सबै बेदना मनको चिठीमा लेखेर !

सदिक्षा ठकुरी

कक्षा : दश

जुनियर सिटिजन्स् एकेडेमी, पोखरा

[Total: 2   Average: 4/5]