A digital magazine dedicated to children & youths.

मेरो जन्मभूमि

2.2K

मेरो जन्मभूमि

मानिस जुन ठाउँमा जन्मन्छ,
परिश्रम, पौरख उसको त्यही ठाउँमा रहन्छ ।।
म जन्मेको धावा भन्ने नाम गरेको ठाउँ ।
सुन्दर, शान्त गोरखाको एउटा सानो गाउँ ।।

त्यो ठाउँमा जन्मेकोमा ज्यानलाई खुसी लाग्दछ ।
जीवन मेरो त्यही बिताउने इच्छा जाग्दछ ।।
बाल्यकाल त्यही बित्यो, झल्को आइरन्छ ।
फेरि मेरो जन्मभूमि फर्कन मन लाइरहन्छ ।।

सुन्दर र प्यारो त्यो एउटा पहाडी गाउँ ।
गोरखा एउटा धार्मिक आस्था बोकेको ठाउँ ।।
मनको इच्छा पुर्‍युाइदिने मनकामना माता ।
गोरखकाली र गोरखादरवार बिच पुरानो नाता ।।

नेपाली विरर गोरखाली अघि अघि लम्के ।
देशका लागि ज्यान दिए संसारमा चम्के ।।
यस्तो ठाउँमा जन्मेकोमा गौरव म गर्छु ।
यस ठाउँलाई विश्वमा चिनाउन लागि पर्छु ।।

टुक्रा टुक्रा भएको नेपाल सिङ्गो बनाउन सके ।
यस्ता विर पृथ्वी नारायण शाह गोरखामै जन्मे ।।
पहिलो प्रधानमन्त्री नेपालको भिमसेन थापा रहे ।
उनी पनि मेरो जन्मभूमी गोरखामानै जन्मे ।।

बिहानीको घामले उज्यालो नित्य छर्दछ ।।
अरू पनि रमणीय ठाउँ गोरखामै पर्दछ
ठूलो भए आज म, सक्छु यताउती जान ।
जन्मभूमी प्यारो लाग्छ सक्दिन बिर्सन ।।

Ashish Banza 

Ekata Shishu Niketan, Ratnanagar- 8, Tandi, Chitwan